Logo

करिश्माको १६ वर्षे जवानी फर्कियो, ११ पढ्दै किटिनीमा



ललितपुर । ११ कक्षामा किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी चलचित्र नायिका करिश्मा मानन्धर नियमित अध्ययनमा जान थालेकी छिन् । उनले विद्यालयको चौतारीमा बसेर तस्विर पनि खिचिन् । विद्यालयको पोशाकमा किशोरीहरुसँग तस्विर खिचाउँदा उनलाई चिन्न गार्हो देखिएको छ । उनलाई पनि १६ टेकेको जस्तो भएको छ ।

गोदावरी नगरपालिकामा पर्ने किटिनी उच्च मावि नजिकै करिश्मा जन्मिएकी हुन् । उनले कलेज नजिकै किटिनीमा घर समेत बनाएकी छिन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् । त्यस भेगमा उनलाई करिश्मा केसी भनी चिन्दछन् । विवाहपछि मात्र करिश्माले मानन्धर लेखेकी हुन् ।

यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् ।

कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।

तस्वीरः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्