Logo

विहानको तीन बजे घरको झ्यालबाट छिरेर करणी



कैलाली । एक युवा विहान ३ बजे अर्काको घरको झ्यालभित्र पस्छन् । महिला एक्लै भएको मौका छोपी झ्यालबाट पसेर जर्बजस्ती करणी गर्छन् । यो घटना कैलालीको हो ।

गौरीगङ्गा नगरपालिकाका मिलन देवललाई घरको झ्यालबाट भित्र पसेर एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महिला घरको कोठामा एक्लै भएको मौका छोपी ४ भदौको विहान ३ बजेको समयमा कच्ची घरको झ्यालबाट भित्र पसेर महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले देवललाई ५ भदौमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्