Logo

यी हुन् ४५ करोड राजश्व छल्नेहरु



काठमाडौं । राजश्व चुहावट गर्ने भन्सारका कर्मचारी र व्यवसायीसहित १५ जना विरुद्व राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपालगंज भन्सार कार्यालयमा कार्यरत दुई जना अधिकृत बटुककृष्ण अधिकारी तथा सुभाष प्रसाद श्रेष्ठ र नायव सुब्बा देबिबहादुर थापा र बसन्त बहादुर सुवेदी सहित १५ जना विरुद्ध राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको आरोपमा उक्त मुद्दा दायर गरिएको हो ।

उक्त मुद्दामा भन्सार एजेन्ट दिनेश कुमार बानियाँ हिमालय कार्गाेका विनोद कुमार गुप्ता सहित कुल ४५ करोड ५७ लाख विगो दाबी गर्दे मुद्दा दायर भएको हो । हिमालयन कार्गाे कै मधुकुमारी चौधरी, हिमालयन कार्गाेका रवीन्द्र गुप्ता बनबारीका संचालक राहुल कुमार गुप्ता भिआर इन्टर नेशनलका वीरेन्द्र गुप्ता विरुद्ध मुद्दा परेको हो ।

विभागका अनुसार भन्सार चोरी पैठारी गरि भन्सार महशुल भ्याट तथा आयकर राजश्व छली गरेको तथा बनबारीका संचालक गुप्ताको नाममा बैंक खाता खोली सामान आयात नै नगरी विदेशी विनिमय अपचलन गरेको विभागको भनाई रुहेको छ ।
मालबस्तु आयात गर्ने भन्दै रकम विदेश पठाई उक्त रकम बरावरको समान आयात नै नगरि दुई करोड २५ लाख भन्दा बढी रकम विदेश पठाएको पनि विभागको आरोप रहेको छ ।-आर्थिक अभियानबाट



प्रतिक्रिया दिनुहोस्