Logo

विप्लवका छोरा प्रकाशको चेतावनीले मेडिकल र अस्पतालमा खैलाबैला (भिडियोसहित)



काठमाडौं । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द ठकुरी ५ भदौमा रिपोर्टर्स क्लब नेपाल पुगी मेडिकल कलेज र अस्पतालहरुलाई कडा चेतावनी दिएपछि त्यस क्षेत्रमा खैलाबैला भएको छ । उनले मेडिकल कलेजलाई विद्यार्थीको शुल्कवृद्धि गरिएको रकम फिर्ता दिन र अस्पताललाई डाक्टरको पारिश्रमिक घटाउन चेतावनी दिएका हुन् ।

संघर्ष समितिको नाममा आफै अध्यक्ष बनेका उनले चिकित्सकको पारिश्रमिक वृद्धि देखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरे। समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने भनिएको छ ।

चन्दले सरकारल चिकित्सा शिक्षाको शुल्क बढाएकोमा जवाफ दिनुपर्ने बताए । उनले भने,‘सरकारले किन शुल्कवृद्धि गरेको हो जवाफ दिनुपर्छ ।’ सरकार आफै विधेयक बनाउने तर लागू नगर्ने गतिविधिमा संलग्न भएर चुकेको बताए । उनले मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्