Logo

प्रधानमन्त्रीको निर्देशनपछि दूधको मूल्यवृद्धिको तयारी रोकियो



काठमाडौं । दूधको मूल्यमा दश रुपैयाँ बढाउने तयारी भईरहेको समयमा तत्कालको लागि भने नबढ्ने भएको छ । कृर्षि तथा पशुपक्षी मन्त्रालयले गठन गरेको कार्यदलले गरेकोे सिफारिस अनुसार मूल्यवृद्धिको प्रयास भएपनि प्रधानमन्त्री केपि शर्मा ओलीले उक्त निणर्य तत्कालका लागि लागू नगर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक बाबुबाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले कृर्षिमन्त्री चक्रपाणि खनाललाई बुझाएको प्रतिवेदन मन्त्री खनालले प्रधानमन्त्रीलाई देखाउदा उनले अहिले नै मुल्य बढाउन नहुने बताएका थिए ।
एकै चोटि दश रुपैयाँ मुल्य बढाउने बारे आवश्यक अध्ययन गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बोमलाल गिरिको भनाई रहेको छ ।

प्रधानमन्त्रीले अर्थमन्त्रीसंगपनि उक्त निणर्यबारेमा छलफल गरेकोे र अर्थमन्त्रले पनि हाललाई उक्त निणर्यमा पुनः बिचार गर्नुपर्ने भन्दै हाललाई मुल्य नबढाउनेमा सरकारको निर्देशन आएको जनाइएको छ । किसान र आम उपभोग्तालाई कुनै अप्ठेरो नपर्ने गरि आवश्यक अध्ययन पश्चात मात्र मुल्यबारे निणर्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्