Logo

औद्योगिक तालिम निःशुल्क पाइने, २७० सिटका लागि तिव्र प्रतिष्पर्धा



काठमाडौं । औद्योगिक तालिमका लागि परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आवेदन फाराम खोलेको छ । उसले ६ भदौमा सूचना प्रकाशित गरी २७० सिटका लागि आवेदन खोलेको हो । सिट संख्या कम भएकाले तिव्र प्रतिष्पर्धा हुने देखिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सञ्चालित प्रशिक्षणमा दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजनाबाट निःशुल्क सञ्चालन गरिने जनाइएको छ । प्राविधिक प्रशिक्षार्थीका लागि एस एल सी तथा एस ई ई परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।

एस.एल.सी वा सो सरहको परीक्षा उत्र्तीण गरेको र अक्षराङ्कन पद्धतिको नतिजाको हकमा मान्यता प्राप्त शिक्षक संस्थाबाट प्रवेशिका परीक्षामा वा एस. ईई परीक्षामा न्यूनतम ई ग्रेड ल्याएको हुनुपर्ने उल्लेख छ । आवेदन भाद्र ६ देखि भाद्र १९ गतेसम्म भरिसक्नुपर्ने जनाइउको छ ।

शैक्षिक सत्र २०७६/७७ मा आद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालका लागि निम्न शिक्षक संस्थाहरुवाट आवेदन दिने व्यवस्था गरिएको जनाइएको छ ।

१. श्री सरस्वती मा.वि.,भरतपुर,दाङ्ग इन्फरमेसन टेक्नोलोजी (एप्रेन्टिसिप)-३०
२. श्री बछौली मा.वि.,सौराहा,चितवन होटल म्यानेजमेन्ट-४०
३. श्री एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट,बुटवल,रुपन्देही होटल म्यानेजमेन्ट (एप्रेन्टिसिप)-२०
४. श्री काठमाडौ ईन्ष्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट,ललितपुर होटल म्यानेजमेन्ट (एप्रेन्टिसिप)-४०
५. श्री साउथ एशियन स्कुल टुरिजम एण्ड होटल म्यानेजमेन्ट,विराटनगर होटल म्यानेजमेन्ट (एप्रेन्टिसिप)-४०
६. श्री पाथिभरा हिमालयन पोलिटेन्किल ईन्ष्टिच्युट,सुनसरी ईलेक्टिकल इन्जिनियरिङ्ग(एप्रेन्टिसिप)-४०
७. श्री डियरवाक ईन्ष्टिच्युट अफ टेक्नोलोजी,काठमाडौ इन्फरमेसन टेक्नोलोजी (एप्रेन्टिसिप)-४०
८. श्री राष्ट्रिय प्राविधिक शिक्षालय सुर्खेत इन्फरमेसन टेक्नोलोजी (एप्रेन्टिसिप)-२०



प्रतिक्रिया दिनुहोस्