Logo

युरोपा लिग फुटबल : वुल्भह्याम्पटन वान्डरर्स विजयी



काठमाडौं, ६ भदौ । युरोपा लिग फुटबलको छनौट खेलमा इंग्लिश क्लब वुल्भह्याम्पटन वान्डरर्स विजयी भएको छ । गएराति भएको प्ले–अफ पहिलो लेगको खेलमा वुल्भरह्याम्पटनले इटालीको टोरीनोलाई ३–२ ले हराएको हो ।

बलियो प्रतिद्वन्द्वी टोरीनोमाथि हात पारेको ‘अवे’ जितपछि वुल्भरह्याम्प्टन पहिलो पटक युरोपा लिगमा छनौट हुने सम्भावना बढेको छ । दोस्रो लेगको खेल अर्को हप्ता वुल्भरह्याम्पटनको मैदानमा हुनेछ ।

युरोपा लिग फुटबल छनौटकै अर्को खेलमा स्कटल्याण्डको सेल्टिकले स्विडेनको एआईकेलाई २–० ले हराउँदा काजखस्तानको अस्टानाले रोमानियाको बाते बोरिसोभलाई ३–० ले पराजित गर्‍यो ।

यसैगरी ग्रिसको एईके एथेन्स, डेनमार्कको एफसी कोपनहेगन र स्विडेनको माल्माने पनि पहिलो लेगका खेलहरुमा विजयी भए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्