Logo

रवि लामिछाने पक्राउ प्रकरणमा धमलाको हमला (दुवै भिडियोसहित)



काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेपछि सामाजिक सञ्जालहरुमा क्रिया प्रतिक्रिया आइरहेको छ । पुडासैनीको आत्महत्या अघि उनैले रेकर्ड गरेको भिडियो टेप बाहिरिएपछि अर्को तरंग आयो । यसैलाई लिएर टिकाटिप्पणी भए ।

 

लोकप्रीय पत्रकार ऋषि धमलाले यसै विषयलाई लिएर रवि लामिछाने प्रकरणसँग जोडिएको भिडियो टेप बाहिर ल्याउने भूमिका खेलेको भनिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको सनसनीपूर्ण अन्तवार्ता लिए । श्रेष्ठले रवि लामिछानेलाई भीडको भर नपर्न भन्दै कर्ण हैजुको उदाहरण दिए । प्राइम टेलिभिजनको ४ भदौको राति प्रशारण भएको अन्तवार्तामा भीडले बनाएका हैजुलाई भीडले मारेको उदाहरण दिए । यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

धमलाले श्रेष्ठको अन्तवार्ताको भोलिपल्टै ५ भदौमा हरिशरण लामिछानेसँग अन्तवार्ता लिए । लामिछाने लोकप्रीय रेडियो पत्रकार हुन् । रवि लामिछानेका दाजु हरिशरणले आफ्नो भाई फूलमाला लाएर छुट्ने दाबी गरे । उनले भाई निर्दोष रहेको जिकिर समेत गरे ।

धमलाले किशोर श्रेष्ठ र हरिशरण लामिछानेलाई बहसमा बोलाएर तरंग ल्याइदिएका छन् । यसले जनमानसमा शालिकग्राम पुडासैनी आत्महत्या प्रकरण र यससँग जोडिएको विषय र व्यक्तिबारे थप जानकारी पाउन सजिलो भएको छ ।



प्रतिक्रिया दिनुहोस्