Logo

ओली विदेशमा, प्रचण्डले गरे सत्ता उल्टिने कुरा



काठमाडौं, ६ भदौ। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्क्सवादलाई अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताएका छन् ।

सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको उदाहरण रहेको बताए । उनले भने,‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने,‘एउटा प्रवृति मार्क्सवाद , लेनिनवाद, या द्वन्द्वत्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रको रुपमा बुझ्ने र त्यसमा जे लेखेको छ अक्षरशः पालना भन्दा पनि मार्गदर्शन बनाउनुपर्ने पर्छ ।’

उनले पार्टी एकतामा केही ढिला भएपनि लगभग सबै प्रक्रिया टुंगिएको बताए। अध्यक्ष प्रचण्डले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै त छैन भन्दै प्रश्न पनि गरेका थिए । उनले भने, ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ । ’

अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो रु कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्