Logo

बाबुरामले विचार र उपेन्द्रले संगठनको नेतृत्व गर्दा पार्टी पहिलो बन्छ : तिवारी



काठमाडौं, ६ भदौ । सत्तारुढ दल समाजवादी पार्टीका नेता नारायण तिवारीले अब पार्टीले फराकिलो छाति बनाएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । उनले अब पार्टी क्षेत्रिय एजेण्डामा मात्रै केन्द्रित हुन नहुने भन्दै राष्ट्रिय मुद्दालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने पनि धारणा अघि सारेका छन् ।

शुक्रबार रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै नेता तिवारीले पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई वैचारिक रुपमा सक्षम नेताको संज्ञा दिँदै आगामी दिनमा पनि उनले पार्टीभित्र वैचारिक नेतृत्व गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै, पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँग सांगठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षमता भएकोले सोहीअनुसार समाजवादी पार्टीलाई अघि डोर्याउनुपर्ने उनको सुझाव छ ।

उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि अघि बढ्नु्पर्नेपनि सुझाव दिए । नेता तिवारी पार्टीको प्रवक्ताका दावेदार हुन । उनलाई उक्त भूमिका दिनुपर्छ भन्नेमा दुवै नेता सहमत रहेको पनि स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्