Logo

एक लाख गाँजाको बोट नष्ट



काठमाडौं । १७ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । शंखरापुर नगरपालिका–३ बाट प्राकृतिक रुपमा उम्रिएका अनुमानित एक लाख गाँजाका बोटहरु नष्ट गरिएको हो ।

सोहि नगरपालिकामा स्थित जरसिंहपौवा, बोजिनि, कार्तिके समेतका विभिन्न स्थानहरुमा गाँजा नष्ट गरिएको हो । वडा कार्यालयको आयोजनामा गाँजा नष्ट गर्ने कार्यक्रममा महानगरीय प्रहरी वृत बौद्ध तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको साथै स्थानीय जनप्रतिनिधि, स्थानीय युवा क्लव, वन उपभोक्ता समित, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा सहकारी संस्थाहरुको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्