Logo

एनसेल टावरमा बम बिस्फोट गराउने पक्राउ



नवलपरासी । प्रहरीले एनसेल टावरमा बम बिस्फोट गर्ने व्यक्ति पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय सुनवलबाट खटिएको प्रहरीले संगठित अपराध मुद्दाका फरार अभियुक्त सुनवल नगरपालिका–१३ बडेरा बस्ने ७१ वर्षीय प्रेम प्रसाद ढकाललाई पक्राउ गरेको हो ।

ढकाल माथि २०७६ साउन १६ गते बर्दघाट नगरपालिका–१३ स्थित एनसेल टावरमा बम बिस्फोट गराई क्षति पुर्याएको घटनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरेको हो । उनी २०७५ फागुन २९ गते राति सरावल गाउँपालिका–१ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेको ना. ५ ख ७७४१ र ना. ४ ख ६८२५ नम्बरका २ वटा ट्रकमा आगजनी पुर्याएको घटनामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्