Logo

बम र गोलीसहित पक्राउ



पर्सा । प्रहरीले बम र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–२५ चण्डाल चोकबाट गोली ४ राउण्ड, सुतली बम जस्तो देखिने वस्तु ३ थान र मोबाइल २ थान सहित इनुस अंसारी, सद्धाम अन्सारी र टाईगर भन्ने जौवाद अन्सारीलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका–२४ रामगढवा बस्ने तीनैजनालाई हातहतियार सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले फेला पारिएको हो । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्