Logo

टेक्ने जमिन नदिएपछि पुलबाट लास झारियो (भिडियोसहित)



पुलबाट लास झारियो । डोरीको प्रयोगबाट २० फिट तल लास झारिएको दृश्य मार्मिक छ । यसमा जातीय भेदभाव कारण रहेको छ ।
भारतको तामिलनाडु राज्यको भेल्लोरको एउटा पुलबाट दलित व्यक्तिका आफन्तहरूले मृतकको शरीरलाई डोरीको प्रयोग गरी पुल माथिबाट २० फुट तल लास झारिएको एउटा भिडियो सार्वजानिक भएको हो । दलित व्यक्तिहरुको अन्त्येष्टि गर्ने मैदानसम्म पुग्ने क्रममा उनीहरुलाई माथिल्लो जातका मानिसहरुले आफ्नो जमिनबाट जान नपाईने बताए पछि चिहान पुग्न लासलाई पुलबाट झार्नु परेको हो ।

आफ्नो समुदायहरुसँग प्रयाप्त जमिन नभएको र भएका सानो जमिनमा पनि उनीहरुले आफ्नो लागि घर बनाएको हुँदा उक्त समस्याको सिर्जना भएको बताएका छन् । पहिला चिहान जाने सानो बाटोमा कुनै आपत्ति नभए पनि अहिले माथिल्लो जातका मानिसले आफ्नो कृषिलाई विस्तार गरेर बाटो रोकिदिए ।

धेरै सरकारी टोलीले उनीहरुको गाउँ भ्रमण गरी चिहानको लागि करिब ४ कि.मि टाढा मैदान दिने प्रतिज्ञा गरेको छ । भेल्लोर कलेक्टरले राजस्व, खण्ड र पुलिस अधिकारीहरू घटनास्थलको भ्रमण गर्न गए । यो दृश्यले उनीहरुलाई भविष्यमा शव लान र अन्तिम संस्कार गर्न कुनै समस्या नपर्ने सुनिश्चितता गरे ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्