Logo

काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर)



काठमाडौं, ६ भदौ । राजधानीमा बस्दै आएका सुदूरपश्चिमवासीले शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् ।

कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो । गौरा पर्वलाई आफन्तजनसँग भेटघाटको पर्वकारुपमा लिने गरिन्छ । उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावललगायतका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्