Logo

राष्ट्रपतिद्धारा कृष्ण मन्दिरको दर्शन (फोटोफिचर)



काठमाडौं, ६ भदौ । आज कृष्ण जन्माष्टमी हो । यसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिरको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीलाई दर्शन भ्रमणमा ललितपुरका महानगर प्रमुख चिरीबाबु महर्जन लगायतसमेत सहभागी थिए।

आजको दनलाई सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गरेर मनाउँदै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्