Logo

राजेन्द्र लिङ्देनले दिए दुर्घटना निम्तने चेतावनी (भिडियोसहित)



काठमाडौं । रवि लमिछानेलाई राजावादीहरुको समर्थन खुलेको छ । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले समेत समर्थन गरे । उनको पक्राउ प्रकरणलाई लिएर लिङ्देनले न्यायको पक्षमा रहेका सबैले समर्थन गरेको बताए । रविलाई फसाउन खोज्ने अस्त्रका रुपमा प्रयोग भएको भन्दै यसले दुर्घटना निम्त्याउने चेतावनी दिए । उनले चेतावनीका साथ भने, ‘राज्यले कसैलाई फसाउने अस्त्रका रुपमा प्रयोग गरे दुर्घटना निम्तन्छ ।’

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै रविलाई न्यायको पक्षमा रहेका सबैले समर्थन गरेको र आफू पनि समर्थनमा रहेको बताए । उनले भने, ‘कसैलाई अन्यायपूर्वक राज्यसत्ताको दुरुपयोग गर्नुहुँदैन । न्यायिक निरुपणका दृष्टिले व्यवहारिक छैन । युक्तिसंगत र न्यायसंगत छैन ।’

भिडियो र फोटोलाई प्रमाणका रुपमा लिन बनाउने मान्छेले बनाएको भन्नुपर्ने तर्क गरे । ‘पत्रकारको हातमा भिडियो कसरी पुग्यो ?’ प्रश्न गरे । ‘प्रहरीको हातमा रहेको भिडियो प्रहरीको हातमा पुर्याउन गम्भीर विषय हो । दसी प्रमाणमा रहेको पत्नीलाई राख्न दिएको हो ? दसी प्रमाण पत्रकारको हातमा पुर्याउने काम भयो ।’उनले प्रश्न गरे ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहनको अभियोगमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा चितवनमा दिनहुँ प्रदर्शन हुनेगरेको छ । त्यसमा विक्रम पाण्डेको भूमिकाबारे समेत चर्चा शुरु भएको छ । पाण्डे गत संसदको चुनावमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डका प्रतिष्पर्धी थिए । पाण्डे निकटस्थहरु प्रदर्शनमा सक्रिय भएको विषय नेकपाभित्र उठेको छ ।

रवि लामिछानेको लोकप्रीयता शिखरमा पुग्दा पक्राउ पर्नुलाई उनका समर्थकहरुले गम्भीर षड्यन्त्र भनिरहेका छन् । तर, प्रहरी यो मान्न तयार छैन । उसले शालिकरामको आत्महत्या अघिको भिडियो फुटेजलाई आधार मानेर आत्महत्याको दुरुत्साहनमो अभियोगमा अनुसन्धान गरिरहेको छ । सडकमा लामिछानेका समर्थकहरुको संख्या र शैली देखेर सत्तारुढ दलले राजावादीको भूमिका भनिरहँदा खुलेरै केही नेताहरु आइसके ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी चितवनले विज्ञप्ति निकालेर लामिछानेको समर्थनमा भएको प्रदर्शनमा कार्यकर्ता र समर्थकलाई सहभागी नहुन निर्देशन दिइसकेको छ । उसले प्रदर्शनलाई नकारात्मक समेत भनेको छ । त्यसमा राजावादी मिसिएको निष्कर्ष समेत निकालिएको थियो ।

राजावादी मिसिनुको आशंका र आरोपमा निकिता पौडेल पनि कारण हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी हुन् । निकिताको पृष्ठभूमि राजावादी रहेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष समेत भइसकेकी उनी अहिले सक्रिय भएकी छिन् । शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियो लिक गरेको भन्दै प्रहरी र पत्रकारविरुद्ध उजूरी गर्न प्रहरीसम्म पुगिन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनको जाहेरी लिन नमानेको विषय चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्