Logo

“माधव नेपालले उठाउनुभएको एक व्यक्ति एक पद सही हो”



नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य देवेन्द्र पौडेल प्रचण्डका विश्वासपात्र मानिन्छन् । उनले नेकपाभित्रको पछिल्लो विवादको चिरफार गरी समाधानको उपायसमेत सुल्झाएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपाल कम्युनिस्ट पार्टीभित्र सबै प्रक्रियाको एकता टुंगिएको हो ?
पार्टीको माथिल्लो तहबाट निर्णय गर्नुपर्ने विषयहरु सकिएका छन्, खाली त्यसलाई रन्दा लगाउन मात्र बाँकी छ ।

माधव नेपाल र केपी शर्मा ओलीबीचको चर्काचर्की थाहा भयो ?
मलाई थाहा भयो । मैंले त्यसलाई नजिकबाट नियालेँ र सचिवालयको साथीहरुसँग छलफल पनि भयो । पार्टीभित्र केही छलफल बहसहरु हुन्छन् । त्यही छलफल, बहसहरु निरन्तरताको रुपमा कहिले सहज रुपमा कहिले अलि टर्रा र तीता शब्दमा प्रमाणित हुन्छन् । यो पार्टीको जीवनचक्र हो । त्यसैलाई जीवन्तता दिन हिजोको छलफल र बहसलाई बुझेको छु ।

ओली र नेपाल त लान्छनामा उत्रिएको देखिन्छ नि ?
त्यहाँ प्रयोग गरिएको शब्दहरु लाइभमा सुन्न पाइएन किन भने म सचिवालयमा छैन । तर, जस्ताको तस्तै केही साथीहरुले सुनाउनु भएको थियो । दुवै नेता पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति हो । अझ एक जना त अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ । त्यो स्तरका नेताहरुले कुन ठाउँमा के बोल्नुपर्छ, जनताले हामीलार्इृ के जिम्मेवारी दिएका छन्, हाम्रो जिम्मेवारी र भूमिका केहो भन्नेमा नैतिक जिम्मेवारी र संस्कारको पालना हुनुपर्ने हो ।

माधवकुमार नेपालको स्वास्थ्यलाभको शुभकामना पनि लिनुभएन नि ?
यसमा अलिअलि ठट्टापूर्वक अलिअलि साँचो रुपमा यस्ता शब्दहरु प्रयोग भएको हामीले पायौं । हामीले दुवैजनालाई भेटेर प्रधानमन्त्री उपचारबाट फर्किपछि सचिवालयबाटै निर्णय गरेर सार्वजनिक गरौं भन्यौं । त्यो कमिटीबाट जनताले के अपेक्षा गरेका छन् ? के एजेन्डामा हामी बैठक बसेका छौं भन्ने स्पष्ट गरेर बाहिर आउनु महत्वपूर्णं पक्ष हो ।

एकआपसको द्वन्द्व त बाहिर आइसक्यो नि ?
त्यस्तो देखिएको छ । अलि–अलि तिक्तता वा कटाक्ष भएका कुरा छताछुल्ल रुपमा एक्कासी बाहिर आउनु राम्रो होइन ।

माधव नेपालले ओलीलाई दुईमध्ये एक पद छोड्नुस् भनेर आक्रामक शैलीमै भन्नुभयो नि ?
अहिले समय भइसकेको छैन । यसलाई कमिटीमा राख्न पाइन्छ । व्यक्ति निटान वा विषय केन्द्रित गरेर कमिटीमा कुरा राख्नु नराम्रो होइन । तर, बाहिरै छताछुल्ल हुनेगरी प्रस्तुत हुने होइन । संसारकै कम्युनिस्ट पार्टी वा अरु पार्टीको पनि कमिटीमै आफ्ना असहमतिहरु राख्ने प्रचलन छ । कमिटीमा आपूm सन्तुष्ट भइएन भने नोट अफ डिसेन्ट लेख्ने हो, चित्त नबुझेको कुरामा असहमति प्रकट गर्ने हो । लानैपर्ने भयो भने पनि पार्टी पद्धति र नियमअनुसार लिएर जाने हो । यही प्रचलित मान्यतामा हामी अडिएका छौं र त्यही कुरा नेकपाले पनि ग्रहण गर्नुपर्छ ।

माधव नेपालको आपूmलाई पार्टीबाट बाहिर्याउने खोजेको आरोप छ नि ?
उहाँहरुका व्यक्तिगत कुराको सार्वजनिक बहस गर्नुभन्दा पनि देखिएका समस्यालाई कसरी सहज रुपमा समाधान गर्न सकिन्छ भन्ने तिर लाग्नु राम्रो हो ।

नेपालले त केपी शर्मा ओलीको कदम विरुद्ध जस्तोसुकै कदम चाल्न पनि तयार छु भन्नुभएको छ नि ?
उहाँको भूमिका पनि पार्टी निर्माणका निम्ति महत्वपूर्ण छ । आउने दिनमा पनि त्यत्तिकै महत्वपूर्ण रहने छ । यो पार्टीलाई सम्हाल्ने र सही दिशामा ल्याउने जिम्मा दोस्रो पुस्ताभन्दा पहिलो पुस्ताकै नेताको बढी जिम्मेवारी छ । त्यसकारण उहाँले यसलाई आक्रोश, कुण्ठा र प्रकटीकरणले नभई जिम्मेवारीवोधका साथ आइपुरेका समस्या सुल्झाएर आफ्ना गुनासाहरु छन् भने पार्टीभित्रै बहस र छलफल गरेर अगाडि बढ्नुनै आजको आवश्यकता हो । अन्यथा आ–आफ्ना कुण्ठा, आक्रोश र झगडाले जनताले दिएको मत, गरेको भरोसा, लिएको विश्वास गुम्न सक्छ । शीर्ष कमरेडहरुको त्यो तहसम्मका कुरा सुन्नुनै त्यति राम्रो संकेट होइन ।

प्रचण्डले केपी शर्मा ओली र माधव नेपाललाई मिलाउन सक्नुहुन्छ ?
म केमा विश्वस्त छु भने प्रचण्डले योे भूमिका निर्वाह गर्ने क्षमता राख्नुहुन्छ । प्रचण्डलाई हामी आजभोलि नै भेटेर अलिकति पहल लिन आग्रह गर्दैछौं । यो सबै भइसकेपछि त्यो भूमिकामा प्रचण्ड खरो रुपमा आउनुपर्छ । जनताको भावना र विश्वासलाई बैंकिङ रुपमा बँचाएर राख्न सकिन्छ ।

माधव नेपालको ‘वान म्यान वान पोष्ट’ तर्कमा प्रचण्डले ओलीलाई सहमत गराउन सक्नुहुन्छ ?
यो तर्क अपवादबाहेक करिब करिब सही हो । कतिपय साथीहरुलाई जिम्मेवारीमाथि जिम्मेवारी, कतिपयलाई थेग्नै नसकिने भारीहरु । कतिपय साथीहरु फाल्तु भएर चियागफमा असन्तुष्टिहरु पोख्दै हिड्ने जिम्मेवारी केही प्राप्त नहुने स्थिति सिर्जना हुुन्छ त्यसको अन्त्य हुनुपर्छ । त्यो पनि आरोप–प्रत्यारोपद्वारा होइन । स्वच्छ बहस, छलफलद्वारा सबै व्यक्तिले पार्टीमा जिम्मेवारी र भूमिका पाउनुपर्छ ।

पार्टीभित्रको द्वन्द्व व्यवस्थापन भएको अवस्था हो ?
प्रधानमन्त्रीले तीनवटा विषयमा निकै कुशलतापूर्वक कुरा अगाडि बढएको पाइएको छ । पहिलो आन्दोलनबाट प्राप्त उपलब्धीलाई सबै दल मिलेर जोगाउनुपर्ने सर्वदलीय बैठक । दोस्रो पार्टी र सकारको कामको बारेमा मेरो उपस्थिति रहेन भने पनि काम नरोकियोस् भनेर कुरा राख्नुभयो । तेस्रो पार्टी पंत्तिलाई सञ्चालन गर्नको निम्ति कहिलेकाही प्रतिकुलता रहेर भौतिक रुपमा उपस्थित हुन सकिँन भने पनि अर्का अक्ष हुनुहुन्छ उहाँको आग्रह र अरु नेताहरुको सहयोगमा काम अगाडि बढाएर जाँदा सजिलो हुन्छ भनेर उहाँले लचिलो ढंगले कुरा राख्नुभयो । बाहिर कतै प्रधानमन्त्री निरंकुश भएर अगाडि बढिरहनुभएको छ भन्ने हल्लाहरु आइरहेको बेला यी तीनवटा कुरा महत्वपूर्ण र सान्दर्भिक छ ।

पार्टी भएकता भएका १५ महिनापछि प्रचण्ड बैठक राख्ने अधिकार पाउनुभएको छ यसको कारण के होला ?
प्रचण्डलाई अधिकार दिनै हुन्न भन्ने तर्कत थिएन । कुनै नयाँ जिम्मेवारी पाउनका लागि त्यसले परिपक्वता ग्रहण गरेको हुनुपर्छ यो दार्शनिक नियम पनि हो । हिजोसम्म आइपुग्दा विभिन्न पार्टीका उत्तारचढाव, उहाँको स्वास्थ्य उपचारमा जानुपर्ने वाध्यता यही सबैलाई नियाल्नेहो भने हिजो हामीले जुन भावना अनुसार निर्णय गरेको थियौंं ।आलोपालोमा अध्यक्षता गर्ने दुईवटा अध्यक्षको सहमतिका आधारमा महाधिवेशनसम्म पार्टी चलाउने अरु साथीहरुलाई पनि सँगै लिएर जाने स्पिरिटमा छलफल गरेका थियौं । त्यो हिजो प्रधानमन्त्रीको मुखबाट प्रकट हुनु निकै राम्रो कुरा हो ।

यो सरकारले जनतालाई किन सन्तुष्ट पार्न सकेन ?
जनतामा केही असन्तुष्टिहरु छन् । त्यसलाई सरकार र पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ । प्रतिपक्षले पनि निरन्तर यो विषयालई उठाएको छ । प्रधानमन्त्रीले आपूmले बोलेका कुराहरु अस्ति भारतीय विदेशमन्त्रीसँग भूकम्पको बेलामा भारतीय पक्षले बोलेको कुराको जिम्मेवारी पूरा गर्ने प्रक्रिया अगाडि बढेको छ । यही बीचमा हामीले अन्तर्राट्रि लगानी सम्मेलन पनि गरेका छौं । संघीय ढाँचाका तिनै तहले बजेट पनि प्रस्तुत गरिसकेका छन् । केही असन्तुष्टि हुँदाहुँदै पनि प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साथक बनाउन कोसिस गरेको पाइन्छ । असन्तुष्ट हुनु स्वभाविकध हो, आगामी दिनमा त्यसलाई सम्वोधन गरेर अगाडि जानुपर्छ । यो ५ वर्षका लागि जनताले दिएको सरकार हो । जनताले दिएको सरकार भएकाले उनीहरुको गुनासोलाई सम्बोधन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्