Logo

भारतीय पूर्वअर्थमन्त्री जेट्लीको निधन



काठमाडौं, ७ भदौ । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको आज (शनिबार) दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको हो । जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्