Logo

जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको चुनाव घोषणा



भारतको प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको चुनावको मिति घोषणा भएको छ । भारतको राजनीतिमा समेत निकै प्रभाव पार्ने उक्त विश्वविद्यालयको चुनाव ६ सेम्टेम्बरमा हुने भएको छ ।

जेएनयूको चुनाव कमिटिले २६ अगष्टमा उम्मेदवारका लागि दरखास्त फाराम वितरण, २७ अगष्टमा उम्मेदवारले मनोनयन दर्ता गर्ने र ४ सेम्टेम्बरमा प्रेसिडेन्टियल बहसको मिति तय भएको हो । प्रेसिडेन्टियल बहस भारतभित्रको चुनावमध्ये निकै महत्वका साथ हेरिने राजनीतिक अभ्यास हो ।

जेएनयूको विद्यार्थी राजनीतिबाट भारतमा चर्चित व्यक्तिहरु उदाएका छन् । जसमध्ये सीताराम यचुरी, डा. डिपी त्रिपाठी, कन्हैयाकुमारलगायत छन् । राजनीतिभन्दा भिन्न क्षेत्रबाट उदाएका जेएनयूका पूर्व विद्यार्थीहरु एस. जयशंकर भारतको विदेशमन्त्री छन् भने निर्मला सीतारामन अर्थमन्त्री छिन् ।

जेएनयूका पूर्व विद्यार्थी डा.बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री समेत भए । सांसद डा. अमरेशकुमार सिंह, प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई, डा. दिपक भट्ट राजनीतिमा सक्रिय छन् ।

जेएनयूमा वामपन्थीको बाहुल्य छ । पछिल्लो समय भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी युनीयनले वामपन्थी समूहलाई कडा चुनौती दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्