Logo

यौन दासी बनाइएकी महिला यसरी मुक्त भइन्



महिलालाई यौनदासी बनाएर नियन्त्रणमा राख्ने व्यक्ति पक्राउ परेका छन् । अमेरिकाको उत्तर क्यारोलिनामा महिला र उनको आठ महिनाको बच्चालाई एक महिना भन्दा बढी बन्धक बनाउने व्यक्ति पक्राउ परेका हुन् ।

९ अगस्तमा एक महिलाको आपतकालिन कल आएपछि यो घटना खुलेको हो । महिलालाई विलार्डमा रहेको एउटा घरमा उनको इच्छा विपरीत राखिएको थियो । सरकारी अधिकारीहरुले उक्त कललाई जवाफ दिएपछि खोजतलासका क्रममा एक २४ वर्षीया महिला र उनको शिशु फेला परे ।

बन्धक बनाउने ५४ वर्षीय जेम्स ब्रायन पीटरसन पक्राउ परेका छन् । महिलाले सूर्यको प्रकाशको लागि बाहिर जान अनुमति दिए पछि कल गर्न सकेकी थिइन् । पिटरसन विगतमा समेत पक्राउ परेका थिए । तर, उनी रिहा भए । आपराधिक प्रवृत्तिका उनी यसपटक मानव बेचबिखन, अपहरण, अनैच्छिक दासत्व र यौन दासत्व सहित धेरै अन्य अभियोगमा पक्राउ परेका छन् ।

पीटरसनले महिलालाई पेट, नितम्ब र फिलामा बन्दुकको कुन्दाले कुटेका थिए । कुटाई खाने महिना होण्डुरसकी हुन् । उनको अमेरिकामा तस्करी गरिएको थियो ।-एजेन्सी, Photo Source: Foxnews



प्रतिक्रिया दिनुहोस्