Logo

कक्षा ११ र १२ को बार्षिक कार्यतालिका यस्तो छ



काठमाडौं । राष्ट्रिय परीक्षा बार्डले कक्षा ११ र १२ को बार्षिक कार्यतालिका प्रकाशित गरेको छ । बार्डले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि ३१ भाद्र भित्र रजिष्ट्रेशन आवेदन फारम वितरण गर्ने भएको छ ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेशन आवेदन फारम २६ असोज गतेसम्म भरिसक्नु पर्ने साथै बैंक भौचर पनि २६ असोज भित्रको हुनुपर्ने छ । तोकिएको समयमा आवेदन भर्न छुटेका विदार्थीहरुले दोब्बर दस्तुर सहित १८ कार्तिक सम्मको समय पाउने छन् र बैंक भौचर १८ कार्तिककै हुनुपर्ने छ । सबै विद्यालयहरुले २४ कार्तिक भित्र बोर्डको सम्बन्धीत कार्यालयमा रजिष्ट्रेशन आवेदन फारम बुझाइ सक्नुपर्नेछ ।

बार्डले मंसिर मसान्तभित्र सम्बन्धीत विद्यालयहरुलाई ट्रिप्लिकेट सहित रजिष्ट्रेशनको अर्धकट्टी वितरण गर्ने र १ पौषबाट सम्बन्धीत विद्यालयहरुलाई आवेदन फारम वितरण गर्ने भएको छ । कक्षा ११ र १२ का नियमित तथा आंशिक/ग्रेडबृद्धि परीक्षार्थीहरुले १५ पौषदेखि १५ माघभित्र सम्बन्धीत विद्यालय तथा क्याम्पसहरुमा परीक्षा आवेदन फारम भरिसक्नु पर्नेछ र बैंक भौचर २४ माघ भित्रको हुनुपर्नेछ । विद्यालयहरुले माघ मसान्तभित्र बोर्डका सम्बन्धीत कार्यालयहरुमा आवेदन फारम बुझाई सक्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्