Logo

सीटिइभीटीले खुलायो सीपमूलक तालिम (दरखास्त हाल्ने तरिका र सीपको सूचीसहित)



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभीटी) ले विभिन्न क्षेत्रमा सीप सिक्न ईच्छुकका लागि दरखास्त आवेदन गरेको छ । ६ भदौमा खुलाइएको आवेदन अनुसार प्राविधिक शिक्षण तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समिति र व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाद्धारा संचालित हुने सीप तथा मुल्यांकनकर्ता तालिममा इच्छुक नेपाली नागरिकले आवेदन फारम भर्न सक्नेछन् ।

राष्ट्रिय सीप परीक्षण समितिले कृषि, अटोमोवाइल, कम्प्युटर, निर्माण, कन्सट्रक्सन इक्वीमेन्ट, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, ह्याण्डीक्राप्ट, हस्पिटालिटी, मेकानिकल, छालाका बस्तु उत्पादन, माउण्टनेरिङ्ग, सुरक्षा, वन, प्रिन्टिङ, नविकरणीय ऊर्जा, उद्यम विकास, टेलरिङ्ग, गारमेण्ट बुनाई, कार्पेट बुनाई, ढाका बुनाई, टेक्सटाइल, ब्युटिसियन, बार्बल, अल्लो प्रशोधन, अप्थाल्मिक, पुस्तकालय क्षेत्रमा संलग्न व्यक्तिहरुले आवेदन दिन सक्ने बताएको छ ।

मुल्यांकनकर्ता तालिमको आवेदनका लागि न्युनतम योग्यता एस.एल.सी तथा एस ईई उत्र्तीण वा पेसा व्यवसायमा तह २ को सीप प्रमाणपत्र प्राप्त गरेको वा सम्बन्धित विषयमा कम्तीमा ३ बर्ष कार्य गरेकोले मात्र आवेदन लिन सक्नेछन् । कार्य अनुभव तथा सम्बन्धीत विषयमा माथिल्लो तहको शैक्षिक योग्यतालाई पनि अङ्क दिईनेछ ।

आवेदन फारम सीप परीक्षण समितिको वेभसाइट www.nstb.org.np इभेन्ट परियोजनाको वेभसाइट www.event.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र,प्राविधिक विषयको शैक्षिक योग्यताको प्रमाणपत्र वा राष्ट्रिय सीप परीक्षण समितिबाट प्रदान गरिएको सीप परीक्षणको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । तालिमको अवधि पाँच दिनको हुने र ९ बजेदेखि ५ बजे सम्मको रहने छ ।

 



प्रतिक्रिया दिनुहोस्