Logo

मायालुलाई खोजिहिंडें–कोमल वली



सांसद कोमल ओलीको मुखमा सरस्वतीको वास जस्तै छ । उनी जति मीठो आवाजले बोल्छिन् उतिनै सकारात्मक छिन् । उनीसँग देशको राजनीति र व्यक्तिगत जीवनबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानी:

नेता भइसकेपछि गीत गाउन छोड्नुभो होइन ?
अहिले अलि व्यस्त छु त्यसैले पनि हो ।

विहानदेखि बुलुकासम्म केमा व्यस्त हुनुहुन्छ ?
म राष्ट्रियसभामा छु, अहिले विभिन्न विधेयकहरु आइरहेका छन् । फुर्सद भएको बेलामा जिल्लातिर जान्छु । विभिन्न कार्यक्रमहरुमा सरिक हुनैपर्छ । कानुनहरु बनाउँदैछौं त्यसैले व्यस्त छु ।

कस्ता कार्यक्रमहरुमा जानुहुन्छ गीत गाउँनुहुन्छ कि हुन्न त्यहाँ ?
विहानको नित्यकर्म भइहाल्यो । त्यसपछि मान्छेसँग भेटघाट अनि दिउँसोका कार्यक्रमहरुमा जानुप¥यो । जिल्लाका योजनाहरु हेर्नुपर्छ । कार्यकर्ताहरु विभिन्न समस्या लिएर आउँछन् उनीहरुका ती समस्या पनि हेर्नुपर्छ । यस्तै काममा दिनभर बिजी हुन्छ । अनि बेलुका समाचारमुलक कार्यक्रमहरु हेर्नुपर्छ । यस्तै कामले मलाई भ्याइनभ्याई छ ।

जनताको पक्षमा एउटा गीत गाइदिनुस् न ?
आजभोलि म संसद्मा संगीतको भावनामा बोल्छु । जनताका पक्षको गीत त्यसैमा उच्चारण हुन्छ ।

यसपालि तीजको गीत निकाल्नुभएको छ ?
बहिनी र म भएर तीज गीतको एल्बम निकालेका छौं । ‘माया लाग्छ बहिनीको अतिनै, मेरो आफ्नो पराण जतिनै’ यही बोलको गीत गाएकी छु ।

देशले प्रगति गर्छ जस्तो लाग्छ तपाईंलाई ?
गर्छ नि, किन गर्दैन । हामीले गरिरहेका छौं । पहिला कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चिको पानी ल्याएर छ्यालब्याल पारिदिन्छु भन्दा सबैले हाँसेर उडाएका थिए । अहिले त्यही पानी आउने क्रममा छ । पहिला हामी विकास निर्माणमा धेरै पछाडि थियौं अहिले धेरै अगाडि गइसकेका छौं । त्यसैले सोच सकारात्मक राख्नुपर्छ नहुने कुरै छैन ।

नेताहरु सुविधाभोगी भए देशको लागि काम गरेनन् भन्ने जनगुनासो छ नि ?
जनताले राजनीतिक नेताहरुका विषयमा चासो राख्नु एकदमै स्वभाविक हो । त्यसमा नेताहरु जिम्मेवार हुनुपर्छ र भइराखेका पनि छन् । सुविधा भोगीको कुरा गर्दा तपाईंले केलाई भन्नुभएको हो ? प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारको कुरालाई लिएर भन्नुभएको हो कि ? हिजो अध्यक्ष प्रचण्डले बोल्नुभएको कुरा हो कि ? यदि नेताहरु दिनप्रतिदिन सुविधाभोगी हुँदै जान्छन् भने जनताबाट आपैंm निरस्किृत हुँदै जान्छन् ।

देशमा व्यापक भ्रष्टाचार भइरहेको छ, तर कारबाही हुननसकेकोमा जनता निरास छन् नि ?
यो देशमा कति भ्रष्टाचार भएको रहेछ भनेर अफिस अफिस पुगेर कारबाही भइरहेको छ । अख्तियारले पनि कारबाही गरिरहेको छ । पहिलाको भन्दा नियन्त्रणमा आएको छ । दिनप्रतिदिन १० औं गुणा भ्रष्टाचार भएको कुरा पत्रपत्रिकामा हामीले देखिरहेका छौं । यो अहिले नै सूख्यमा पुग्छ भन्ने होइन तर नियन्त्रण र नियमन गर्ने काम भइराखेको छ । हामी संघीयतामा पहिलो अभ्यास गर्दैछौं । कर्मचारी समायोजन ग¥यो सरकारले । कर्मचारीहरु समायोजनमा जान मानिरहेका थिएनन् । धेरै समय मिलाउनमै गयो । यो वर्षलाई विकास निर्माणको भन्नुभएको छ प्रधानमन्त्रीले । अब लगभग तहगत संरचनाका कुराहरु पारित भइसकेका छन् । प्रदेश सकारले पनि आफ्नो धेरै कानुनहरु निर्माण गरिसकेको छ । नमिलेका धेरै कुराहरु मिलिसकेका छन् यो वर्षदेखि सरकारले गति लिन्छ यसमा निरासा हुनुपर्ने कुनै कारण छैन ।

देशले गति लिन्छ भन्नुभयो हाम्रो देशमा लोकभाकाले गति लिएको छ कि छैन ?
लोकभाका त अहिले घरघरमा गुन्जिरहेका छन् । मानिसलाई गीतसंगीतमा मनपर्ने भनेको लोकभाका नै हो । देशविदेशमा रहेका सम्पूर्ण नेपालीले मन पराउने भनेको आफ्नो संस्कृति र लोकभाका नै हो । त्यसैले आज लोकभाका र संस्कृति चर्चा र महत्वपूर्णको शिखरमा पुगेको छ ।

एउटा लोकगीत गाउनुहोस् ?
मेरो आमाले लेख्नुभएको गीत ः
‘मायालुलाई खोजिहिँडे मलमल, मलमलकिरी जुनकिरी पाइँन यो सालैमा’ जुन पूmल लाउँछु ओइली जान्छ मलमल, मलमल किरी जुनकिरी नहुने चालैमा ।

पछिल्लो समय तीजका गीतमा बिकृति देखियो नि किन यस्तो भएराखेको छ ?
के विकृति देखिएको छ ?

अहिलेको पुस्ताले ल्याएको गीतमा तपाईको बिमति छैन ?
परिवर्तन पनि हुनुपर्छ । त्यसमा गायक गायिकाहरुले पनि विचार गर्नुपर्छ । यो वर्षको तीज गीतलाई हेर्दा केही मौलिकपन आएको मैले पाएँ । पुराना गीतहरुलाई पनि मिसाएर रेकर्डा गरेको पाइन्छ । कतैकतै भेषभुषा र शब्दमा तीज उल्लेख नगरेको पाइएको छ । आउँदा वर्षबाट यो पनि विस्तारै नियन्त्रण हुन्छ । धेरैजसोले पर्वको महत्व झल्किने खालकै गीतहरु गाउनुभएको छ । त्यसैले पहिलाको तुलनामा धेरै सुधार भएको छ ।

विकृतिमा धेरै सुधार भइसक्यो ?
हो, पोहोरको तुलनामा अहिले धेरै सुधार भएको छ ।

यसपटकको तीजमा नारीहरुले उठान गरेको मुद्दा के के हुन् ?
महिलाहरु सधैं नारी उत्थान र महिला सशक्तिकरणकै कुरा उठाउने हो । त्योभन्दा बाहिर जानु हुँदैन । हाम्रो मुलुक पितृसतात्मक भएको हुनाले नारीहरुलाई अगाडि बढ्ने अवसर कहिल्यै प्रदान गरिएको छैन । आर्थिक, सामाजिक रुपमा सन्तुलित व्यवहार गरिँदैन । त्यसैले यो वर्षको तीजमा नारीहरुको शिक्षा, स्वास्थ्यलगायतका विषयमा अधिकार स्थापित गर्ने विषयलाई डेलिकेट गरेर मनाउँछौं ।

तीजको गीत ?
मेरो आमाले लेख्नुभएको पुरानो गीत । त्यसबेला घडी थिएन । बुहारीहरुले बिहानी छिट्टै उठ्नुपथ्र्यो । ढिला उठ्यो भने सासुहरुको गाली खानुपथ्र्यो । त्यसकारण माइतीमा गएर परेवा माग्थे रे । मेरो आमाको माइतीमा बाबु नभएकोले दाइभाइसँग परेवा माग्नुभएको थियो रे । त्यसै सन्दर्भमा गीत लेख्नुभएको छ । यो मैले २०४८ सालमा रेडियो नेपाल रेकर्ड गरेकी थिएँ । त्यही गीत सुनाउँछु ः
“मेरी आमा हुँदिहुन्त चोली दाइजो दिँदिहुन्,
लेउन भाउजु मलाई जोडी परेवा” ।
“सिरानीमा राखौला कामलीले छोपुला,
परेवाको घुर्की सुनी बिहानै उठुँला” ।
परेवाको घुर्की सुनेर बिहानै उठ्ने रे, नत्र उठ्न ढिला हुन्छ भनेर । पहिला त्यस्तो जमाना थियो । अहिले यो गीत गायो भने त्यति सान्दर्भिकै हुँदैन । त्यसकारण गायक÷गायिकाहरुले यस्ता कुरालाई विचार गरेर जानुपर्छ । समाजको रुपान्तरणसँगै गीत पनि परिष्कृत हुँदै जान्छन् ।

हाम्रो देशमा आत्माहत्याको संख्या किन बढिरहेको छ ?
यसको विशेषज्ञ त म होइन मलाई त्यति थाहा पनि छैन । पहिला हाम्रो देशमा त्यतिप आत्महत्या हुँदैथियो जति विकसित देशहरुमा हुन्थ्यो । उनीहरुको समाज विखण्डित हुँदै गएको थियो । त्यसैले उनीहरुमा बढी एकात्मकता फिल हुनेगर्दछ भन्ने गरिन्थ्यो । त्यो एकाग्रताले मानिसमा आत्महत्याउन्मुख बनाउँछ भनिन्थ्यो । तर, अहिले नेपालमा पनि त्यस्तो देखिएको छ । यो सुन्दर जीवनको सही ढंगले उपयोग गर्न नसकेपछि नैरास्यता पैदा हुन्छ । त्यसैकारण मानिस आत्महत्या तिर उन्मुख भएको हुनुपर्छ । अहिले यो संख्या युवा वर्गमा बढी देखिएको छ । यो हाम्रो लागि चिन्ताको विषय हो ।



प्रतिक्रिया दिनुहोस्