Logo

“शालिग्रामलाई तड्पाएर मर्न वाध्य पारियो, रवि लामिछानेलाई खतरा छ”



पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल कुनैपनि घटना विशेषको चिरफार गर्ने दख्खल राख्छन् । गहिरो अध्ययन गर्ने उनले शालिग्राम आत्महत्या प्रकरणपछि रवि लामिछानेको पक्राउ र यससँग जोडिएको तथ्य र कानुनी तर्कहरु पेश गर्दै ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसलाई सनसनीपूर्ण अन्तवार्ता दिएका छन् । रेडियो कुराकानीमा उनले के भनेः

नेपालमा आत्माहत्यको घटना बढ्नेको कारण के हो ?
झन्डै ८० प्रतिशत आत्महत्या डिप्रेसनको कारणले हुन्छ । हामीसँग अन्तर्राष्ट्रिय रिसोर्सहरु छन् । हामी अधिवक्ताले पनि यो तथ्यलाई लिने गरेका छौं । प्रायः अहिलेसम्म देखिएका धेरैजसो आत्माहत्यहरु चाहीं डिप्रेसनबाटै हुने गरेको पाइन्छ ।

शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणलाई कसरी लिनुभएको छ ?
शालीग्राम पुडासैनीको आत्माहत्या प्रकरणलाई हेर्दा अनुसन्धानको क्रममा म्याद थप गरेर राखिएको अवस्था छ । यसअघिको ५ दिने म्याद पनि आज साँझ सकिँदैछ । भोलि फेरि थप अनुसन्धानका लागि सरकारी वकीलहरुको तर्फबाट म्याद थपिँदै छ ।

अभैm म्याद थपिन्छ होइन ?
यसमा अभियोग पत्र तयार नहुँदासम्म सरकारी वकीलततर्फबाट म्याद माग्ने छ । अभियोग पत्र तयार हुनुभनेको सम्पूर्ण अनुसन्धान, जाहेरी प्रतिवेदन तयार भइसकेर मेनी थेसिस तयार हुन्छ । त्यसकारण सरकारी वकिलको तर्फबाट अभियोगपत्र तयार भइसकेको छैन त्यसै म्याद थपिन्छ ।

शालीग्राम पुडासैनी आत्माहत्या प्रकरणमा दोषी को हुन सक्छ ?
दोषी उहाँहरुसँग जोडिएकी अस्मिता कार्कीसँग भएको ट्याग सम्वाद थियो । त्यो सम्वादलाई लामो समयसम्म राखेर त्यसलाई घुमाइघुमाई एक–अर्कालाई पठाउने गरिएको छ । यहाँबाट मात्र होइन विदेशबाट समेत गरिएको छ । पुडासैनीजीलाई सम्वादबाट ब्ल्याकमेल गरेर प्रताडित गरिएको कुरा प्रमाणितै भइसकेको छ । उहाँहरु स्वयंले ”आफ्नो फेसबुकमा राखेर ‘हामीले यो म्यासज एकअर्कामा आदाप्रदान गरेर पुडासैनीजीलाई मानसिक रुपमा यातना दिएका थियौं’’ भन्नुभएबाट यो कुराको पुष्टि गरिसक्नुभएको छ । त्यो भिडियोमा पुडासैनीजीले पेजहरु एकअर्कामा आदनप्रदान गरेर त्यसबाट ब्ल्याकमेल गरेर आत्माहत्या गर्न वाध्य तुल्याएको हो भनिसक्नुभएको छ । अर्को कुरा कसले कति कमाउँथ्यो, कति लिन्थ्यो भनेर पुडासैनीजीले त्यो भिडियोमा भन्नुभएको छैन । त्यो म्यासेज एकअर्कामा पठाएर मानसिक यातना दिएर सोको आधारमा उहाँलाई फसाउन खोजिएको भन्ने कुरा महत्वपूर्ण रुपमा छ ।

विवाह पछिको कुरा पनि बाहिर आउन थालेको छ नि ?
विवाह उत्तर सम्बन्धले यो आत्माहत्यासँग कुनै पनि सम्बन्ध राख्दैन । किन राख्दैन भने उमेर पुगेर बढाएको सम्बन्ध हो । तर, त्यहाँ देखिएको जुन ट्याग छ त्यो ट्याग पुडासैनीजीले अरुलाई फर्वाड गरेको होइन । अहिले प्रतिवादी बनाइनुभएको छ, अरु साथीहरु हुनुहुन्छ जो प्रतिवादी बनाइनुभएको छैन । जसले जुन उद्देश्यले गेम खेल्नुभएको थियो त्यो पुडासैनीजीलाई थाहा थिएन । ट्याग उहाँहरुले सुरक्षित राखेर एक–अर्कामा आदनप्रदान गरेर पुडासैनीलाई आत्माहत्या गर्न वाध्य बनाइएको भन्ने पुष्टि भइसकेपछि विवाह उत्तर सम्बन्धको कुरै आउँदैन । त्यसैले त्यो कुरा अर्को विषयको मुद्दा हुन पुग्छ ।

शालीग्रामजीको आत्माहत्यामा अस्मिता कार्की मात्रै दोषी त होइन होला ?
मैले अस्मिता मात्रै दोषी भनेको होइन । जुन टिम छ त्यसले उहाँको सम्वाद, सम्बन्धहरु छन्, विवाह उत्तर सम्बन्ध छन् भन्ने कुरालाई मुद्दा भएको होइन कि यसलाई माध्यम बनाएर उहाँलाई मानसिक रुपमा यातना दिइएको हो । यो कुरा उहाँको लास जल्दै गरेको बेला पनि यो भिडियोमा जु–जे कुरा आएका छन् । त्यो नदेखेको भनेर रवि लामिछानेजीले बोल्नुभएको कुरामा प्रतिविम्बित भएको छ । जसरी रवि लामिछानेजीले हामीसँग उनको विवाह उत्तर सम्बन्धका भिडियोहरु पनि छन् भनेर भनिरहनुभएको छ । यसले के पुष्टि हुन्छ भने यो म्यासेज उहाँले पनि संग्रहित गरेको देखिन्छ । त्यो संस्था उहाँले छोडेर गएको ६ महिनासम्म पनि उहाँलाई त्यो म्यासेजले टर्चर दिइरहनुभएको भन्ने कुरा त प्रमाणितै भइसकेको छ । कसरी भन्दा त्यो उहाँहरु आफ्नो फेसबुकमै राखिदिनुभयो । अहिले अदालतले हेर्ने भनेको कस्ले कति कमायो कति लियो भन्ने होइन । अदालतले हेर्ने जुन सम्बन्धको भिडियो थियो त्यसलाई माध्यम बनाएर बलात्कार हो भनेर नर्चर दिने । तिम्रो विरुद्ध हामीसँग प्रमाण छ भनिरहेको कुरा आफैले भिडियोमार्फत भनिदिनुभयो त्यो टिमको साथीहरुले । यो गर्नुभएको रहेछ भन्ने कुरा पनि यसबाट प्रमाणित भयो । अदालत हेर्ने भनेको विषय यही हो जसले उहाँलाई मानसिक रुपमा आघात पुइएको छ ।

प्रहरीले शालिग्रामको आत्महत्या हो भन्दा रविजीले त हत्या हो भनिरहनुभएको छ नि ?
आत्महत्या होइन, हत्या हो भन्नलाई हत्या कसले–कहाँ कसरी ग¥यो भन्ने कुरा पुष्टि नहुन्जेलसम्म जो मरेर गएको उसले देखिदेखि आपूmले आत्माहत्या गर्नुपर्नाको कारण समेत बताइदिएर अनि पोष्टमार्टम रिपोर्ट समेतमा यो पुष्टि हुने अवस्थामा फलानो व्यक्तिले हत्या गरेको हो भनेर जबसम्म प्रमाणित गर्न सक्नुहुन्न, अब रवि लामिछानेजीले कि व्यक्ति किटान गर्न सक्नुपर्छ । हत्या नै हो भनेर उहाँले प्रमाणित गर्न नसकेको अवस्थामा यो आत्महत्या हुन्छ । किन भने मरेर जाने मान्छेले त्यो प्रमाण छोडेर गएको छ । कानुनले त प्रमाण हेर्ने हो ।

अब आत्म हत्या गर्ने व्यक्तिले फलानोको कारण भन्ने बित्तिकै दोषी किन गर्न सकिन्छ ?
त्यसलाई राज्यले पहिला कसरी लिन्छ । आत्महत्या गर्ने व्यक्तिले बोलेर लेखेर प्रमाण छोडेर गएका कुराहरु जसलाई सुसाइड नोट ‘डाइङ डिक्लाइजेस’ भनिन्छ । यद्यपि, नेपालमा डाइङ डिक्लाइजेसन् डिक्लेर हुँदाहुँदै मरेको हुनुपर्छ भन्ने परम्पराग मान्यता हो । अस्ति भरखरै दक्षिण कोरियाका राष्ट्रपतिले गरेका आत्माहत्याका प्रसंगहरु छन् यसमा आत्माहत्या गर्ने मान्छेले लामो समयदेखि प्रयास गरेको हुन्छ । अन्तिपटक मात्र ऊ सफल भएको हुन्छ । त्यस्तै प्रमाण छोडेर आत्माहत्या गर्ने व्यक्तिले पटक–पटक लेख्ने मेट्ने बोल्ने मेट्ने पनि गरेको हुन्छ ।
यो भिडियोमा पनि दुई घण्टा अगाडि एउटा क्लिप खिचेको देखिन्छ फेरि दुई घण्टा पछाडि अर्को क्लिप खिचेर त्यसपछि सेन्डोहरु लगाइरहेको अवस्थामा अर्को सर्टपाइन्ट लगाएर बाहिर गएर डोरिकिनेर आएर बाहिर जाँदा लगाएको सर्टपाइन्टमा झुन्डिएको स्थिति देखिन्छ । अहिलेको कानुनमा मरेर जाने मान्छेले मर्नुअगाडि छोडेर गएको कुरालाई प्रमाणको रुपमा लिन्छ । त्यसैले शालिग्रामले भिडियोमा बेलेका कुरा नै प्रमाण हो यदि होइन भने त्यसलाई खण्डन गर्न सक्ने गरी प्रमाण ल्याउन सक्नुपर्छ प्रतिवादीहरुले । यही भिडियोको प्रमाणका आधारमा सरकारले पक्राउ, गरेको छ, म्याद थप गरेको छ । अर्को प्रमाण दिने अहिले होइन जब अभियोग पत्र दिइन्छ अनि मात्रै यसलाई खण्डन गर्ने गरी अर्को प्रमाण दिन पाइन्छ । अहिले ल्याएको प्रमाण त्यो फाइलमा पनि राखिँदैन ।

रवि लामिछानेले त हिरासतमा म सुरक्षित छैन भनिरहनुभएको छ नि ?
त्यो कुराको चाहिं म समर्थन गर्छु । हाम्रो देशमा रविलाल अधिकारीको हिरासतमै मृत्यु भएको थियो । त्यस्तै कृष्णसेन इच्छुकहरुदेखि लिएर धेरै मान्छेहरुको हिरासतमा मृत्यु भएको छ । जनयुद्धताका माओवादीका काठमाडौं उपत्यका इन्चार्ज प्रसान्तको जुत्ताको तनामा झुन्डिएर आत्महत्या भएको भन्ने आयो प्रहरी हिरासतमै । यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विभिन्न घटनाहरुलाई हेर्दा रविजीले म सुरक्षित छैन भन्ने कुरालाई म मान्छु ।
रविजीले म सुरक्षित छैन भन्ने कुरा कसरी पनि प्रमाणित गर्नुभएको छ भने नेपालको इतिकासमा अहिलेसम्म उहाँ मात्रै एउटा यस्तो मान्छे हो । हिरासतमै रहेको अवस्थामा फेसबुकमा लाइभमा आउनुहुन्छ । उहाँमात्रै एउटा यस्तो मान्छे हो जो हिरासतमै रहेका बेलामा अन्तर्वार्ताहरु आउँछन् । यसले के देखाएको छ भने उहाँलाई जुनसुकै अवस्थामा पनि पहुँच प्राप्त भएको छ । मैंले सुरुदेखि भनिरहेको छ, यो पहुँचले रविजीलाई खतरा छ । रविजीकै मान्छे बनेर उहाँको फ्यान बनेर प्रहरीले नै उहाँलाई फाउन लागेको हुनुपर्छ । कोही मान्छे हिरासतमा म सुरक्षित छैन भन्छ भने त्यो रविजीले भन्ने होइन गृहप्रशासनले, प्रहरीले कहाँ कति सुरक्षाको प्रवन्ध छ भन्ने कुराको दावी गर्ने हो । अभियोग लागेको मान्छे राख्न हिरासतभन्दा अर्को सुरक्षित ठाउँ कहाँ हुन्छ ? उहाँलाई त्यो लागेको हो भने थुनछेकका बहसका दिन उहाँलाई बाहिर छोड्दा पनि सुरक्षा हुन सक्दैन । हिरासतमा पनि सुरक्षित छैन भने सरकारले के बुझ्छ भने उसलाई जेलमा राख्नुपर्छ । उहाँले कसैले सिकाएर भन्नुभएको हो भने अझ बढी सुरक्षित चाहिं जेल हुन्छ ।

हिरासतमा बसेर अन्तर्वार्ता दिन पाइन्छ ?
यही म भनिरहेको छु । हिरासतमा कति नेताहरु बसे होलान् । अहिले पछिल्लो पटक गणतत्त्र आइसकेपछि पनि अरु राजनीतिक दलका नेताहरुसमेत बसेर अनुसन्धानहरु भएका थिए । ती कसैका पनि अन्तर्वार्ता बाहिर आएनन् । अनि रविजी जो अहिले हिरासत हुनुहुन्छ उहाँको अन्तर्वार्ता आउँछ कहिले फेसबुकमा लाइभ आउँछ त्यो सब कसरी भइरहेको छ । यसले त त्यहाँ खटिएका प्रहरीलाई पनि कारबाही हुन्छ । अहिलेसम्म नेपालको इतिहासमा हिरासतमा रहेर सबैभन्दा बढी स्वतन्त्रताको उपभोग गर्ने मान्छे नै रवि छामिछाने हो । त्यसैले प्रहरीले यसरी स्वतन्त्रता दियो भने खतरा बढ्छ उहाँलाई ।

आईजीपी सर्वेन्द्र खनालले चितवनमै पुगेर रविलाई भेटेछन् ?
यो देशमा कयौं वर्षदेखि बलात्कारको मुद्दाको पीडा खेपिरहेकी शीता बोहराजस्ता अदालतले वर्षौदेखि झुलाएर राखिरहने ? एउट कुनै सेलिब्रेटी जाँदा, नेपाल प्रहरीको सिलवालजी जाँदा, अर्को कुनै डाक्टर केसीको मुद्दा जाँदा तत्काल त्यही दिन पक्राउ पुर्जी थमाएर फैसला गरिन्छ । आफ्नै अगाडि बलात्कारी हाँसिहासि हिड्दा बलात्कृत चेली रोइरहँदा कुनै यस्ता व्यक्ति आइजीपीहरु भेट्न जाँदैनन् । गरीवदुखी पीडित परेका ठाउँमा ठूलाठालु पुग्नुत के पत्रकारले कुरा राख्दा समेत बोल्न मान्दैनन् । रविजीको केसमा चाहिं चितवनसम्म आइजीपी जस्तो व्यक्ति पुगिरहनुपर्छ जस्तो मलाई लाग्दैन । चितवनको लागि उहीको प्रहरी स्वतन्त्र ढंगले छानविन गर्न सक्षम छ । मानवताको हिसावले आइजीपी जानुभएको हो भने ठीक तर घटनालाई प्रभावित पार्ने गरी भूमिका भयो भने आपत्तिजनक हुन्छ ।

अब भोलि के हुन्छ ?
भोलि आइतबाट म्याद थप हुन्छ । किन भने उहाँको अभियोगपत्र तयार भइसकेको छैन । यदि रविजीलाई भोलि म्याद थपिएन भने नेपालको इतिहासमा आत्महत्याको ज्यानसम्बन्धी अभियोग लागेको व्यक्तिलाई लामो समयसम्म हिरातमा राखेर अनुसन्धान गरेको पहिलो घटना हुने छ ।



प्रतिक्रिया दिनुहोस्