Logo

अमेरिका र रुसबीच आरोप प्रत्यारोप



रसिया र अमेरिकाले हतियार सम्बन्धि सम्झौता त्यागेको आरोप प्रत्यारोप चलेको छ । एक अर्कालाई मिसाइलहरुमा हतियार नियन्त्रण सम्झौता त्यागेको आरोप लगाएका हुन् ।

मास्कोले नयाँ हतियारको दौडको चेतावनी दिएको थियो । ट्रम्प प्रसाशनले “रसियन आणविक इञ्जिनियरको मृत्यु भएको रहस्यमय विस्फोटको विवरणको माग गरेका थिए” । सन् १९८७ को मध्यवर्ती सीमा परमाणु सेना सन्धि द्वारा प्रतिबन्धित एक मिसाइलको परीक्षण पछि रूसले सुरक्षा परिषद्को बैठक बोलायो । अगस्त २ बाट दुवै देशहरु आणविक सन्धीबाट पछि हटेका छन् ।

रसियाका उपराष्ट्रपति राजदूत दिमित्री पोलियान्स्कीले अमेरिकीलाई “कपट” भनेर आलोचना गरेका थिए । कार्यवाहक संयुक्त राज्य अमेरिकाका राजदूत जोनाथन कोहेनले रुसले नै सन्धिको दायित्व तोड्ने निर्णय गरेको आरोप लगाए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्