Logo

काश्मिरबारे मोदी र इमरानले संयुक्त राष्ट्रसंघको महासभामा के बोल्लान्



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भाषणको क्रममा कश्मीर मुद्दा उठाउने अपेक्षा गरिएको छ । भारत शासित काश्मिरलाई दिइआएको विशेष राज्यको दर्जा खारेज गर्ने संवैधानिक कदमपछि विवाद बढिरहँदा दुई नेताले राष्ट्रसंघमा के बोल्लान् भनी चासो बढेको हो ।

काश्मिर मामलाले भारत र पाकिस्तानको आन्तरिक राजनीतिमा समेत असर परेको छ । यसले क्षेत्रीय राजनीतिमा प्रभाव परिसक्यो । अधिकांश देहरुले भारतको आन्तरिक मामला भनिदिए । तर, पाकिस्तानले घटनालाई अन्तर्राष्ट्रियकरण गरिदियो । विश्वका ठूला अर्थतन्त्र भएका सात राष्ट्र जी सेभेनको बैठकमा पुगेका भारतीय प्रधानमन्त्री मोदीले काश्मिरमा चालिएको कदमको अन्तर्राष्ट्रिय समर्थन जुटाउने अवसर बनाउन सक्छन् । यसले भारत र पाकिस्तानबीच अर्को प्रतिष्पर्धा चलेको छ समर्थन जुटाउने ।

जम्मु कश्मीरमा भारतको कदमपछि पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती र उमर अब्दुल्लाह सहित राज्यका विपक्षी दलका धेरै नेताहरुलाई नजरबन्द गरिएको छ । यसले त्यस क्षेत्रमा कुनै खतरनाक परिस्थिति बन्न नदिने भारत सरकारको रणनीति बुझ्न सकिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्