Logo

कहिले तालिवानलाई सक्ने त कहिले बचाऊ गर्ने अमेरिकी रणनीति



कुनै समय तालिवानलाई सघाएको अमेरिकाले उसलाई ठेगान लगाउने रणनीति आफै बनायो । अफगानिस्तानको सत्तामा पुगेका तालिवानलाई सत्ताबाट हटाउने श्रेय अमेरिकालाई नै जान्छ । अहिले उसले तालिवानसँग पुनः कुराकानीको शुरुवात गरेको छ ।
गत वर्ष अमेरिका र तालिबानले आठवटा वार्ता गरेका थिए जसमा अमेरिकी सेनाको फिर्ता, युद्धविराम र अफगानिस्तानलाई विश्वव्यापी आतंकवादी हमलाका अड्डा नदिने विषय मुख्य थियो । संयुक्त राज्य अमेरिकाका प्रतिनिधि र तालिवानले सम्झौता सकारात्मक हुने र यस्लाई निस्कर्षमा टुंग्याउने सम्बन्धमा २२ अगष्टमा वार्ता शुरु गरेको छ ।

पुनः वार्ता भएको तर कुरा नभएको तालिवान सदस्यले भनेका छन् । अमेरिकी राजदूत जल्मयी खलीलदले पनि एक(एक गरी तालिवानका मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादारसँग भेट गरिसकेका छन् ।

बारादार तालिवानका संस्थापक हुन् र उनीहरूले विद्रोही समूहको रैंक र फाईल सदस्यहरूमा सबैभन्दा कडा प्रभाव पारेका छन् । अफगानिस्तानका कसैलाई डर छ कि अमेरिकासँगको सम्झौतालाई अस्वीकार गर्ने तालिवानी लडाकुहरू इस्लामिक स्टेट समूहको स्थानीय सहयोगी जस्ता अन्य लडाकु समूहमा सर्न सक्छन् । बारदारले काबुलको विवाहमा भएको आत्मघाती बम बिष्फोटको जिम्मेवारी लिएका थिए ।
अमेरिकी सेनाहरू १८ बर्षदेखि यस अफगानिस्तानमा रहेका छन् । अमेरिकी सेना तालिवानको तारोमा परेका छन् । ट्रम्पले यस हप्ता पनि अफगानिस्तान खतरनाक रहेकाले अमेरिकी उपस्थिति हुनुपर्छ भने । तर, तालिवानको मुख्य माग सबै अमेरिकी र उसका सहयोगी सेनाको फिर्ता हो । Photo Source: Al Jazeera



प्रतिक्रिया दिनुहोस्