Logo

करोडौ मुल्यको रक्तचन्दन कुहिंदै



ताप्लेजुङ । भारतबाट नेपालको बाटोहुँदै चीन भित्र्याउन लागेको करोडौं मुल्य बराबरको रक्तचन्दन ११ बर्षदेखि डिभिजन वन कार्यालयको गोदाम भित्रै कुहिने अवस्थामा थन्किएको छ ।

२०६५ सालमा भारतबाट ताप्लेजुङ हुदै चीनको तिब्बततर्फ पैठारी हुन लागेको अवस्थामा प्रहरीले विभिन्न समयमा जफत गरेको रक्तचन्दन कुहिने तथा सड्ने अवस्थामा पुगेको छ ।

लामो समयदेखि गोदानमा थन्किदा दुई सय १५ किलो रक्तचन्दन सड्ने अवस्थामा पुग्दापनि सम्बन्धित निकायको ध्यान पुग्न सकेकोे छैन । त्यस समय प्रहरीले बरामद गरेको रक्तचन्दन जिल्लावन कार्यालयलाई बुझाइएको थियो । अहिले वन कार्यालयकै भवनमा रहेको अध्यारो गोदानमा उक्त रक्तचन्दन कहिलेसम्म त्यसैगरि राख्नुपर्नेको यस्को जवाफ जिल्ला वन कार्यालयसंग पनि छैन ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि अनुसार जुन देशबाट ल्याएकोे हो त्यहि देश पठाउनु पर्ने नियम रहेपनि सोहि नियम अनुसार नेपाल सरकारले भारत सरकारलाई जानकारी गराउदा पनि भारतले कुनै चासो व्यक्त नगर्दा करोडौ रुपैयाँ कुहिने अवस्था आएको हो ।

अहिले भारतबाट तस्कर भएर आउने रक्तचन्दनमा रोकावट आएको छ । पक्राउ परेको समयमा प्रतिकिलो आठ सय रुपैयाँ रहेको रक्तचन्दन सरकारको निणर्यको पर्खाईमा कुहिने अवस्थामा पुगेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्