Logo

सार्वजनिक सम्पत्तिको रक्षा गर्न उपप्रधानमन्त्री पोखरेलको अपिल



काठमाडौं, ७ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताएका हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन्। उनले भने,’अहिले एउटा हाम्रो अगाडि चुनौती छ। उनले भने,‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्। यो गलत चिज हो। यसको विरुद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।’

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया दिनुहोस्