Logo

प्रदेश ५ लाइ समृद्ध बनाउन चीनसंग सहकार्य : मन्त्री गिरी



बटवल, ७ भदौ  :  प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले भेरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनो रेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबी गरेका छन् । विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै उनले त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री गिरीले बाहिरी देशका सिधा उडान भैरहवामा हुदा बढि भन्दा बढि पर्यटक आउने बताए ।
पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरीय होटल अझै आवश्यक रहेको समेत प्रष्ट पारे ।

प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको दाबी गरे । ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न आग्रह गरे । त्यस्तै, उनले लुम्बिनीको बृहत्तर विकासका लागि लुम्बिनी आसपासका क्षेत्रहरु अतिग्रहण गर्नुको विकल्प नभएको समेत बताए ।

क्वाक्कले बनाएको गुरुयोजनामा लुम्बिनी संग जोडिएका क्षेत्रहरु समेत रहेको भन्दै संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुको विक्लप नभएको उनले बताए । उनले लुम्बिनीको विकास हुनुले त्यहाँका जनताको जीवन स्तर माथी उठ्नु रहेको भन्दै विकासमा अवरोध गर्नु कसैका लागि पनि राम्रो नहुने बताए ।

उनले चिनका बिभिन्न प्रान्तसंग सरकारले भगिनी सम्बन्ध स्थापना गरेको भन्दै प्रदेशलाइ समृद्ध बनाउन चीनसंग सहकार्य गरिने बताए । चीन पुगेर सांस्कृतिक, कृृषि, प्रविधिको आदानप्रदान र सम्झौंता हुने गरिले बताए । मन्त्रालयले अहिले पर्यटन विकास कार्यालय सञ्चालनको लागि कानुन बनाउँदै गरेको मन्त्री गिरीले जानकारी दिए ।पर्यटन मन्त्री गिरीको नेतृत्वमा भदौ १२ चिनको गान्छु प्रान्तमा प्रदेश ५ को टोली प्रस्थान गर्दै छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताए । लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उनले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उनको भनाई थियो

बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज कुँवरले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गरे । सरकारले ठोस योजना ल्याउन नसकेको बताए ।

चिनिया पर्यटक भित्राउँनको लागि चिनिया भाषामा ज्ञानको आवश्यकता रहेको हुँदा चिनिया भाषाको प्रशिक्षणको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ ।त्यस्तै चिनिया जानकार मोहन भण्डारीले चिनका विभिन्न प्रान्तसँग गरिएको भागिनी सम्बन्ध नेपालको विकासको कोषेढुङ्गा सावित हुने बताए ।

चिनसँग भागिनी सम्बन्ध कायम गरेर फलोअपमा जानुपर्ने उनको भनाइ छ । कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्