Logo

डुङ्गामा आगलागी हुँदा समुन्द्रमै हामफाले



इन्डोनेसियाको जाभा टापूमा दुई सय ७७ यात्रु बोकेको डुङगामा आगलागी हुँदा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ३० जना हराइरहेका छन् ।

२३ अगष्टको घटनामा एक्कासी डुङगामा आगलागी भएपछि यात्रुले पानीमा हाम फालेका थिए । हामफालेका मध्ये दुई सय ५५ को सकुशल उद्वार गर्न सफल भएपनि ३० जना अझै हराई रहेका छन । तीन जनाको शव फेला परेको छ । हराईरहेका खोजी भइरहेको छ ।
डुङ्गामा के कारण आगलागी हुनगयो अहिलेसम्म खुल्न सकेको छैन । करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा वर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत बर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो । यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्