Logo

लामपार्डलाई चेल्सी प्रशिक्षकका रुपमा पहिलो जीत



इंग्लिस प्रिमियम लिग फुटबल अन्र्तगत चेल्सीले नर्विच सिटीमाथि कठिन जीत निकालेको छ । पहिलो हाफमा दुवै टोलीले २-२ गोल गरेपनि खेलको निर्णय दोस्रो हाफमा अब्राहामको गोलबाट भयो ।

खेलमा चेल्सीले तीन मिनेटमै अग्रता लिएको थियो । अब्राहमले गोल गरी अग्रता दिलाएपनि तीन मिनेट पनि टिक्न सकेन । नर्विचका कान्टवेलले छैठौं मिनेटमा गोल गरी बराबरी गरे । १७ औं मिनेटमा चेल्सीले पुनः अग्रता लिएको थियो । माउन्टले गोल गरेपनि ३० औं मिनेटमा नर्विचका पुक्कीले बराबरी गोल गरे ।

जीतपछि फ्रान्क लामपार्डलाई राहत मिलेको छ । यसअघि खेलेका खेलमा एकमा हार र एकमा बराबरी व्यहोरेको चेल्सी अंकतालिकामा ११ औं स्थानमा उक्लेको छ ।



प्रतिक्रिया दिनुहोस्