Logo

म्यानचेष्टर युनाइटेड आफ्नै मैदानमा स्तब्ध



म्यानचेष्टर युनाइटेड क्रिष्टल प्यालेससँग पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत २४ अगष्टमा भएको खेलमा प्यालेसले युनाइटेडमाथि २१ को सनसनीपूर्ण जित निकालेको हो ।

खेलको निर्णय भान आनहोल्टले इन्जुरी समयको गोलबाट भयो । आयुले ३२ औं मिनेटमा गोल गरी प्यालेसलाई अग्रता दिलाएपनि जेम्सले ८९ औं मिनेटमा गोल गरी बराबरी गरेका थिए । खेल बराबरीमा जाने आँकलन हुँदै गर्दा अन्तिम समयतिर प्यालेसले गोल गर्न सक्यो ।

खेलमा रासफोर्डले पेनाल्टी खेर फाले । उनको कडा प्रहारले बल दायाँ पोलमा लागेर बायाँतर्फ गयो । खेलमा ७१ प्रतिशत नियन्त्रण कायम राखेपनि दुवै टोलीले बराबर तीन तीन प्रहार सही दिशामा गर्न सके । सन् १९८९ यता प्यालेसले म्यानचेष्टर युनाइटेडको मैदानमा पहिलो जित निकालेको हो ।



प्रतिक्रिया दिनुहोस्