Logo

पुडासैनी मृत्यु प्रकरणः प्रेमिकासंग बिदा मनाउन कोठा भाडामा



काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको प्रहरीले नयाँ तथ्य फेला पारेकोे छ ।

विवाहित पुडासैनीले श्रीमतीसंग बस्न बालाजु माछापोखरीस्थित कोठा भाडामा लिएर बस्ने गरेको र बेला बेला प्रेमिकासंग बिदा र फुर्सदको समय बिताउन टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो ।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्