Logo

बँगुरलाई दाना हाल्दा वृद्धमाथि बाघको आक्रमण



बर्दिया । बाघको आक्रमणमा परी वृद्धको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका ७ भदौको बिहान साँढे सात बजे ७० वर्षीय पहाडिया थारूलाई बाघले आक्रमण गरेको थियो । भुरीगाँउ घर भएका उनको घटनास्थलमै मृत्यु भएको छ ।

घर नजिकै रहेको खोरमा बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी गराए ।

बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्