Logo

डेङ्गुले एकको मृत्यु, महामारीको खतरा



चितवन । डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ । साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्