Logo

सालहको सानदार प्रदर्शनले लिभरपुल विजयी



मोहम्मद सालहले दुई गोल गरेपछि लिभरपुलले आर्सनलमाथि ३-१ को सानदार जित निकालेको छ । २४ अगष्टको राति भएको इंग्लिस प्रिमियर लिग फुटबलको महत्वपूर्ण खेलमा लिभरपुलका लागि साहलले ४९ र ५८ औं मिनेटमा गोल गरेका थिए ।

मटिपले ४१ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । आर्सनलका लागि ८५ औं मिनेटमा टोरेराले सान्त्वना गोल गरे । जितपछि लिभरपुल ९ अंकका साथ शिर्षस्थानमा रहेको छ । लिग चयाम्पियन बन्ने दाउमा रहेको लिभरपुलले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्