Logo

एनआरएन अध्यक्ष भवन भट्टको मदिराकाण्ड, सिल्क एयरले सिटबाट यसरी निकाल्यो



काठमाडौं । सिल्क एयरको विमान चढिसकेका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपाने उड्न लागेको विमानबाट निकालिए । मदिरा पिएर विमानको सिटमा बसिसकेका दुवैलाई क्याप्टेनले निकाल्न लगाएका थिए ।

७ भदौमा सिंगापुर उड्न लागेका उनीहरुलाई विमानबाट निकालिनुमा मदिरा सेवन गरी अभद्र व्यवहार गरेको भनिएको छ । घटनाबारे सनत बस्नेतले सिल्क एयरबाट डिपोर्ट भएको विषयबारे फेसबुकमा बोलेका छन् । व्यवसायिक भेटघाटमा सिंगापुर जान लागेको र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गर्ने उद्देश्य रहेको उल्लेख गरेका छन् । विमान चढ्नु अघि उनीहरुले मदिरा पिइसकेका थिए । यसले यात्रा गर्नबाट वञ्चित गरिदियो ।

मदिरा पिएको स्वीकार गरेका छन् सनतले । मदिरा पिएपछि बोर्डिङमा बसेकाले यात्रा गर्न नमिल्ने बताएको उल्लेख गरेका छन् । उनले भनेका छन्, तपाईंहरुलाई हामीले बोर्ड गर्न मिल्दैन भनियो । आफूहरुले कुराकानी गरेपछि मिल्छ भनिएको र विमानमा बसेको बताए ।
बोर्डिङ गरिसकेकोलाई निकालेको भन्दै आपत्ती जनाएका छन् । क्याप्टेनले मदिरा पिएकोलाई राखेर यात्रा गर्न नसकिने बताएपछि भनाभन भएको थियो । विवादपछि प्रहरी बोलाउनुपरेको बुझिएको छ । तर, सनतको दाबी यस्तो छ, सिल्क एयरले भेदभाव गरेको देखिन्छ । सनतले ब्रेथलाइजर नलगाई व्यक्तिगत रिसिइबी देखाएर भ्रम फैलाइएको दाबी गरे ।

सनत न्यौपानेले आफ्नो कारणले भवनको प्रतिष्ठामाथि आँच आउने अवस्था आएको उल्लेख गरेका छन् । मदिरा सेवन गर्दैमा विमानबाट निकाल्न मिल्दैन । तर, उनीहरुले विमानको चालक दलसँग विवाद गरेको बुझिएको छ । यसैलाई लिएर प्रहरी बोलाएर उनीहरुलाई यात्रा गर्न दिइएन ।

१० बजे राति उड्नुपर्ने सिल्क एयरको एसएलके ४१३ विमान विवादका कारण केही ढिलो उडेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्