Logo

सत्तारुढ दलकै नेताले रविको बारेमा गरे यस्तो घोषणा, आज के होला ?



काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले टिभी प्रस्तोता रवि लामिछानेको न्यायिक हिरासतबारे सनसनीपूर्ण टिप्पणी गरेका छन् । आफू यो प्रकरणमा कुनैपनि पक्षमा नरहेको भन्दै उनले अदालतको पक्षमा रहेको सुनाए । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतले सही निर्णय दिनको लागि बसेकोले उसले सही निर्णय दिने कुरामा आफ्नो विश्वास रहेको पनि उनले बताए । उनले भने,”यदि अदालतले गलत निर्णय दिन्छ भने त्यो अदालतलाई जनताले किन मान्नु ? कतिपय मान्छेले सत्य छोप्नको लागि म्यानिपुलेशन गर्न खोजिरहेका होलान । भीड आउँछ । तर, अब मानिसको प्रवृत्तिको बारेमा विश्लेषण गर्न सकिँदैन् । तर, प्रहरीले सही ढंगले अनुशन्धान गर्नुपर्छ । तथ्यपरक अनुशन्धान गर्नुपर्छ । न्यायलयले उचित ढंगले न्याय दिनुपर्छ । कुरा यही हो ।”



प्रतिक्रिया दिनुहोस्