Logo

पूर्व मिस नेपाल सुगारिकाका पति सनतको मदिराकाण्ड (अडियोसहित)



काठमाडौं । एनआरएन अध्यक्ष भवन भट्टलाई गएराति निकै समस्या पर्यो । उनी सिल्क एयरको विमानको सिटकाट उठाएर बाहिर निकालिए । विमान चढिसकेका उनको साथमा थिए सनत न्यौपाने । सनत पूर्व मिस नेपाल सुगारिका केसीका पति हुन् ।

सनतले ७ भदौको १० बजे शिल्यक एयरको विमानबाट फर्काइएका उनले फेसबुकमा नेपाली र अंग्रेजी भाषामा घटनाबारे उल्लेख गरेका छन् । व्यवसायिक भेटघाटमा सिंगापुर जान लागेको र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गर्ने उद्देश्य रहेको उल्लेख गरेका छन् । विमान चढ्नु अघि उनीहरुले मदिरा पिइसकेका थिए । यसले यात्रा गर्नबाट वञ्चित गरिदियो ।

मदिरा पिएको स्वीकार गरेका छन् सनतले । मदिरा पिएपछि बोर्डिङमा बसेकाले यात्रा गर्न नमिल्ने बताएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईंहरुलाई हामीले बोर्ड गर्न मिल्दैन भनियो ।’ आफूहरुले कुराकानी गरेपछि मिल्छ भनिएको र विमानमा बसेको बताए ।
बोर्डिङ गरिसकेकोलाई निकालेको भन्दै आपत्ती जनाएका छन् । क्याप्टेनले मदिरा पिएकोलाई राखेर यात्रा गर्न नसकिने बताएपछि भनाभन भएको थियो । विवादपछि प्रहरी बोलाउनुपरेको बुझिएको छ । तर, सनतको दाबी यस्तो छ, ‘सिल्क एयरले भेदभाव गरेको देखिन्छ ।’ सनतले ब्रेथलाइजर नलगाई व्यक्तिगत रिसिइबी देखाएर भ्रम फैलाइएको दाबी गरे ।

सिल्क एयरलाई सँसारकै खराब एयरलाइन्स भनेका छन् । उनले सिल्क एयरमा यात्रा नगर्न आग्रह गर्दै भनेका छन्, ‘विन्ती छ सिल्क एयरबाट कहिले यात्रा नगर्नु, यो संसारकै खत्तम एयरलाइन्स हो ।’ सनत न्यौपाने सञ्चारमाध्यममा चलेका नाम हुन् । उनी व्यवस्थापनमा रहेर नाम चलेका मिडियामा काम गरिसकेका छन् । सुन्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्