Logo

विप्लवका छोरा प्रकाशले गरे मेडिकल माफियाको खुलासा, कारबाही गर्ने चेतावनी (भिडियोसहित)



नेत्रविक्रम चन्द्र विप्लवका छोरा प्रकाश चन्द ठकुरीले मेडिकल माफियाको खुलासा गरेका छन् । उनले मेडिकल माफियामाथि कडा कारबाहीको चेतावनी समेत दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै सरकार र मेडिकल माफियाबीच मिलेमतो समेत भएको आरोप लगाए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत ८ र काठमाडौं विश्वविद्यालय अन्र्तगत १० वटा कलेजमा मेडिकल माफिया हावी भएको बताए । उनले भने, मेडिकल माफियामाथि कारबाही हुनुपर्छ ।

देशमा मेडिकल शिक्षाका लागि ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थित रहेको बताए । मेडिकल शिक्षामा शुल्क वृद्धिको विरोध पनि गरे । मेडिकल माफियाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । मेडिकल क्षेत्रका विद्यार्थी र कामदार एकजुट भएर संघर्ष गर्ने चेतावनी दिए । मेडिकल क्षेत्रमा शोषण र उत्पीडन व्याप्त भएको उनको भनाई थियो ।

हेर्नुहोस्:



प्रतिक्रिया दिनुहोस्