Logo

‛‛म प्रमाणित गरेर देखाइदिन्छु आत्महत्याको मुख्य दोषी रवि लामिछाने हुन्” (भिडियोसहित)



काठमाडौं । शालिकराम पुडासैनीको पक्षका कानुन व्यवसायी स्वागत नेपालले पुडासैनी आत्महत्याको दोषी रवि लामिछाने हुन् भनी प्रमाणित गर्ने चुनौती दिएका छन् । पुडासैनी ब्ल्याकमेलमा परेर आत्महत्याको बाटो रोज्न वाध्य भएको प्रमाणित गर्ने बताएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग विशेष कुराकानी गर्दै मर्ने व्यक्तिले आफूलाई मर्न वाध्य पार्ने व्यक्तिको नाम किटेकाले लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेल मुख्य दोषी ठहर हुने बताए । उनले भने, ‘प्रतिवादीहरुको नाम मर्ने व्यक्तिले भनेका छन् ,त्यसैले उनीहरु मुख्य दोषी हुन् ।’

कानुनले मर्ने व्यक्तिले जे भन्छ त्यही प्रमाण हुने उल्लेख गरेकाले कानुनी आधारमा पनि रवि लामिछानेसहित तीन व्यक्ति दोषी हुने तर्क गरे । उनले भने, ‘मर्ने व्यक्तिले जे भन्छ त्यही प्रमाण हो ।’ प्रमाण ऐन २०३१ को दफा ११ ले मर्ने व्यक्तिले मर्नुपूर्व जे भन्छ त्यही प्रमाण हो ।

शालिकराम पुडासैनीले जे भनेका छन् त्यही प्रमाण भएको जिकिर गरे । प्रमाणकै आधारमा न्यायिक हिरासतमा म्याद थपेको बताए । उनले भने, ‘शालिकराम आत्महत्याका प्रतिवादीहरुलाई न्यायिक हिरासत हो, प्रहरीको हिरासत होइन ।’ प्रमाणका आधारमा रविसहित तीनजनालाई पक्राउ गरेको जिकिर गरे ।

अस्मिता कार्कीसँग शालिकराम पुडासैनीको सम्बन्ध रहेको र त्यही सम्बन्धबारेको फेसबुक च्याटलाई बाहिर ल्याउने काम भएको प्रमाण रहेको बताए । उनले भने, ‘फेसबुक च्याट प्रमाणित गरी फेसबुकबाट पोष्ट गरिदिनुभयो । यो प्रमाणित छ कि च्याट सार्वजनिक गरिदिनुभयो ।’ फेसबुक च्याटका आधारमा ब्ल्याकमेलिङ गरेको बताए । ब्यालकमेलिङ शालिकरामलाई मर्न वाध्य पार्ने कारण रहेको प्रमाण समेत रहेको बताए । उनले प्रश्न गरे, ‘अस्मिता कार्कीसँग भएको सम्बन्धको म्यासेज पहिला कस्को फेसबुकमा आयो ?’

दबाबका आधारमा न्यायनिसाफ नहुने भन्दै सडकले निर्णय लिन नसक्ने बताए । सडकले न्यायनिसाफ सही तरिकाले होस् भनी दबाब मात्र दिन सक्ने बताए । भीड र सडकका आधारमा न्यायनिसाफ हुनथाले अराजकता उत्पन्न हुने बताए । हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्