Logo

रक्सी पिएर प्रहरीमाथि हातपात



भक्तपुर । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रे नमवुद्ध नगरपालिका–९ घर भई हाल भक्तपुर सुडाल बस्ने सरोज दाहाल र सल्यान त्रिवेणी गाउँपालिका–५ घर भई हाल भक्तपुर सुडाल बस्ने अजय राउतलाई ६ भदौमा पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित डिउटीमा खटिएका प्रहरीमाथि हातपात गरी अभद« व्यवहार गरेका हुन् । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्