Logo

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ



प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिलाई प्रक्राउ गरेको छ । नुवाकोट सूर्यगढी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु चोक बस्ने २४ वर्षीय गोपाल राईलाई मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.२४ प ९९७५ नम्बरको मोटरसाइकल बालाजु चोकबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा राईलाई पक्राउ गरेको हो । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्