Logo

बाटोमा भेटिएकी किशोरीलाई एकान्तमा लगेर जबरजस्ती करणी



कपिलवस्तु । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ७ भदौमा विजयनगर गाउँपालिका–१ नेउलागञ्ज बस्ने २७ वर्षीय अर्जुन राउतलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

बाटोमा एक्लै भएको मौका पारी एकान्तमा लागेर राउतले १६ साउनमा किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका हुन् । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्