Logo

छिमेकीलाई खुकुरी प्रहार गर्ने पक्राउ



दाङ । प्रहरीले छिमेकीलाई खुकुरी प्रहार गरेको अभियोगमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई ७ भदौमा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई सामान्य विवादको कारण १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ गरेको हो । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्