Logo

१३ जुवाडे पक्राउ



काठमाडौं । नेपाल प्रहरीले जुवाडे पक्राउ अभियानलाई जारी राखेको छ । प्रहरीले देशभरबाट दर्जनभन्दा बढी व्यक्तिलाई जुवाखालबाट पक्राउ गरेको छ ।

प्रहरीले कीर्तिपुर नगरपालिका–१० ट्याङ्लाफाँटस्थित रसिका रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कीर्तिपुर नगरपालिका–५ बस्ने ३८ वर्षीय रुपेन महर्जनसँगै १३ जनालाई ३ बुक तास र नगद ५ हजार ७९ हजार ६ सय ६० रुपैयाँ सहित ७ भदौमा पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरीले कास्की, पोखरा महानगरपालिका–४ गणेश टोलस्थित गगन ताम्राकारको घरमा जुवातास खेलिरहेको अवस्थामा केहि व्यक्तिहरुलाई ७ भदौमा पक्राउ गरेको छ । प्रहरीले धादिङ त्रिपुरेश्वर गाउँपालिका–६ घर भएका ४७ वर्षीय हरि पाण्डे लगायत ७ जनालाई नगद ३० हजार ९ सय ७० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले सम्बन्धित विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्