Logo

आकाशमै विमानभित्र चोरी



काठमाडौं । विमानभित्र चोरी । त्यो पनि सुन र नगद । यो घटना काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिएको टर्किस एयरलाइन्समा भएको हो ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ ।प्र चिनियाँ नागरिकहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक मा किवी र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु सिनजनलाई ७ भदौमा पक्राउ गरेको हो ।

प्रहरीले टर्किस एयरलाईन्सबाट ४ भदौमा काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त हुनासाथ जाँच गरेको हो । प्रहरीले टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई जाँच गर्ने क्रममा चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशालाले सम्बन्धित विषयमा जाँच गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्