Logo

ऋषि धमलाले भेटे रवि लामिछानेलाई, के कुरा भयो ?



काठमाडौं, ८ भदौ । पत्रकार ऋषि धमलाले न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । आईतबार विहान जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसँग पत्रकार धमलाले करिब १५ मिनेटजति भेटवार्ता गरेका थिए ।

पत्रकार धमलासँगको कुराकानीमा लामिछानेले आफू रिहाई हुने बताएका थिए । लामिछानेको भनाई उद्धृत गर्दै पत्रकार धमलाले सुनाए,‘म रिहाई हुन्छु, मैले सबैको साथ पाएको छु । यो मेरो लागि खुशीको कुरा हो ।’

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा लामिछाने यतिवेला न्यायिक हिरासतमा छन् । उनीसँगै यतिवेला पत्रकार युवराज कँडेल र अस्मिता कार्की हिरासतमा छन् । उनीहरु तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्